बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक बन्द

काठमाण्डौ : बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक बन्द रहेका छन् । सडक विभाग र नेपाल प्रहरीका अनुसार ललितपुरको बाग्मती गाउँपालिकामा पहिरो जाँदा कान्ति लोकपथ बन्द भएको छ । यस्तै पूर्वको भेँडेटार–रवि–राँके सडक पनि बन्द छ । सङ्खुुवासभाको मकालु गाउँपालिका र भोटखोलामा पहिरो जाँदा कोशी राजमार्ग बन्द भएको छ ।

खोटाङको हलेसी तुवाचुङमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रसुवाको आमाछोदिङमोमा पहिरो जाँदा स्याफ्रुबेसी–थाम्बुचेत सडक अझै १० दिन नखुल्ने भएको छ । सिद्धार्थ राजमार्गको भैरहवा–पोखरा खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो जाँदा गाडी रोकिने र चल्ने भइरहेको छ ।

पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकमा हिलो र लेदोले गाडी चल्न समस्या भएको छ ।  मनाङमा पहिरो जाँदा बेसिशहर चामे सडक बन्द भएको छ । बेनीबाट मुस्ताङको जोमसोम जाने सडक पनि बन्द छ । यस्तै म्याग्दीको बेनी–दरबाङ सडक पनि अवरुद्ध छ ।

कालिगण्डकी करिडोरको नवलपरासीको गैँडाकोट–३ मा पहिरो गएर सडकमा गाडी चलेका छैनन । ठाउँ–ठाउँको पहिरोका कारण भालुबाङ–प्यूठान सडक पनि बन्द हुने र खुल्ने भइरहेको छ । कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ खण्ड बन्द नै छ ।

यस्तै पाल्पा गुल्मी सडक पुरै बन्द छ भने गोरुसिङे–सन्धीखर्क सडक एकतर्फी खुलेको छ । रोल्पामा सहीद मार्ग बन्द रहेको छ । कालिकोटका विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग बन्द छ । बझाङको जयपृथ्वी नगरपालिका–७ मा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बन्द रहेको छ । देशका धेरैजसो सडकमा बाढी पहिरोको प्रभाव रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार