दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालतबाटै पक्राउ

नयाँ दिल्ली : भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाटै पक्राउ गरेको छ ।

न्यायाधीशले आम आदमी पार्टी (आप)का राष्ट्रिय संयोजक केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई त्यहीँबाट पक्राउ गरेको हो ।

Dengue

अदालतले सीबीआईलाई उनको गिरफ्तारीका लागि आफूसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ । अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरीवाललाई बुधबार नै न्यायाधीश अमिताभ रावतको इजलासमा उपस्थित गराइएको थियो ।

सुनुवाइका क्रममा केजरीवालकी पत्नी सुनीता केजरीवाल, आपका राज्यसभा सांसद सञ्जय सिंह र आप नेता दिलीप पाण्डे अदालतमा उपस्थित भएका थिए । 

सीबीआईका विशेष सरकारी अभियोजक डीपी सिंहले केजरीवालका वकिलको निवेदनविरुद्ध बहस गर्दै यसप्रति आफ्ना भिन्न मत राखेका थिए । 

मंगलबार केजरीवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराएका थिए । 

उनलाई प्रवर्तन निर्देशनालयले यसै वर्षको मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोगमा पहिलोपल्ट पक्राउ गरेको थियो । यही मुद्दामा उनले पटक–पटक न्यायिक हिरासतमा बस्नु परिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार