झण्डै एक वर्षपछि आज बस्दै धनगढी नगर सभाको बैठक

धनगढी :  कैलालीको धनगढी उपमहानगरपालिकाको नगर सभा झण्डै एक वर्ष पछि बस्ने भएको छ । जग्गा कित्ताकाट सम्बन्धि कार्यविधिमा नगर प्रमुख र कार्यपालिका सदस्यबिच विवाद भएपछि हिउँदमा गर्नुपर्ने नगर सभा बस्न सकेको थिएन् । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाँध्यकारी भएकाले आज शुक्रबार नगर सभा आह्वान गरिएको हो ।

झण्डै एक वर्षपछि बस्न लागेको नगर सभामा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पेश हुने कार्यसूचिमा रहेको छ । यसका साथै नगरलाई आवश्यक पर्ने नयाँ ऐन, कार्यविधि, नीतिहरु पनि सभामा पेश हुने जनाइएको छ । नीति तथा कार्यक्रम तयार भइसकेको छ । बजेटको आकार पनि चालु आर्थिक वर्षको तुलनामा बृद्धि भएर आउने जनाइएको छ ।

Dengue

आगामी आर्थिक वर्षका लागि उपमहानगरपालिकाले वडामा १२ करोड ९७ लाख ५० हजारको बजेट सिलिङ्ग पठाएको थियो । चालु आर्थिक वर्षमा धनगढीको बजेट एक अर्ब ९३ करोड रहेको थियो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर ल्याइने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार