कैलालीको घोडाघोडीले बाँड्यो १९ लाखको इन्धन, जनप्रतिनिधीलाई साढे चार लाखको पोसाक

धनगढी :  कैलालीको घोडाघोडी नगरपालिकाले कार्यालय भन्दा बाहिरका ब्यक्ती र संस्थालाई १९ लाख बढीको इन्धन बाँडेको छ । आर्थिक बर्ष २०७९/८० मा नगरपालिकाले १९ लाख ३२ हजार ६ सय ९० रुपयाँको इन्धन बाँडेको हो । महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार घोडाघोडी नगरपालिकाले कार्यालय बाहिरको संस्था, निकाय, पत्रकार र ब्यक्तीलाई डिजेल तथा पेट्रोल वितरण गरी १९ लाख ३२ हजार ६ सय ९० खर्च गरेको छ ।

प्रतिवेदन अनुसार पालिकाले पेश गरेको बिवरण अनुसार आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको कार्यालय, निकाय, राजनिति, पदाधिकारी, पत्रकार तथा संघ संस्थाको लागी बजेट खर्च गर्दा बजेटमा मित्तब्ययीता र प्रभावकारीता कायम भएको देखिदैन । पालिकाले यस प्रकृतीको खर्चले थप ब्ययभार बढ्दै जाने देखिन्छ । महालेखाले असम्बन्धित ब्यक्ती र संस्थालाई भएको खर्च नियम सम्मत नभएको भन्दै खर्च नियमसम्मत गर्नुपर्ने सुझाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार