ब्लुबुक कीर्ते गरेर अर्कैको गाडी बेचेपछि बैतडीका वीरेन्द्र प्रहरी खोरमा !

काठमाडौं : सवारीधनी दर्ता किताब (ब्लुबुक) कीर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौंको चाबहिलबाट चारजनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ–७ का ३८ वर्षीय वीरेन्द्र सिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ वर्षीय मनोजकुमार सुनार बराली, कोटेश्वर बस्ने रामेशछापको खिु तामाकोशी–५ का ३३ वर्षीय शान्तकुमार मगर र बुढानीलकण्ठ बस्ने डोटीका ३२ वर्षीय पवन सिंह छन् । 

एभरेष्ट बैंक धनी र गजेन्द्र लोहनी विश्वकर्मा ऋणी रहेको बा२०च ६४६७ नम्बरको मारुती ब्रेज्जा गाडी ब्लुबुक कीर्ते गरेर खरिद-बिक्री गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

dashain shuvakamana
Discovery School

उनीहरूको साथबाट कीर्ते गरेर तयार पारिएका दुईटा ब्लुबुक बरामद भएको छ । पक्राउ परेकामध्ये मनोजकुमार सुनार विगतमा गाडी कीर्ते गरेर नम्बर परिवर्तन गरी चलाउँदा पक्राउ परेको खुलेको छ ।

उनी जिल्ला अदालत ललितपुरको आदेशले पाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यस्तै, वीरेन्द्रसंिह साउदले ५० हजार रुपैयाँको प्रलोभनमा परेर कीर्ते ब्लुबुकमा फोटो टाँस्ने काम गरेको खुलेको प्रहरीले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार