भारतीय प्रधानमन्त्री मोदीलाई विश्वभरका नेताको शुभकामना

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावमा लगातार तेस्रो जित हासिल गरेपछि विश्वभरका नेताहरुले शुभकामना पठाएका छन्। 

नेपाल, माल्दिभ्स जस्ता छिमेकी राष्ट्रहरू र इजरायल, युक्रेन, इटाली र जमैकालगायतका नेताहरूले पनि प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका छन्।

Dengue

प्रधानमन्त्री मोदीलाई बधाई दिँदै, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे तथा श्रीलंकाका विपक्षी दलका नेता सजिथ प्रेमदासाले पनि प्रधानमन्त्रीलाई ऐतिहासिक जितको शुभकामना दिएका छन्। उनलाई श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि  शुभकामना व्यक्त गरेका छन्।

ताइवानका राष्ट्रपति लाइ चिङ्ते—ले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा चुनावमा लगातार तेस्रो जित हासिल गरेकोमा बधाई दिए र दुई राष्ट्रहरूबीचको सम्बन्ध विस्तार गर्न आतुर रहेको बताए।

यसबाहेक, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि संसदीय चुनावमा बीजेपी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन विजयी भएर भारतको प्रधानमन्त्रीको रूपमा लगातार तेस्रो कार्यकालका लागि  नरेन्द्र मोदीलाई बधाई दिए।

यस्तै, भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लोकसभा चुनावमा लगातार तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकोमा शुभकामना व्यक्त गरेका छन्।

इटालीका प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई आफ्नो बधाई सन्देशमा दुवै राष्ट्रले दुई राष्ट्रलाई बाँध्ने र जनताको हितका लागि हुने विभिन्न विषयमा सहकार्य गर्ने बताएका छन्।

अन्य नेताहरूले पनि प्रधानमन्त्री मोदी र भाजपा नेतृत्वको एनडीए सरकारलाई लोकसभा चुनावमा लगातार तेस्रो जित हासिल गरेकोमा बधाई दिए।

सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले पनि बुधबार प्रधानमन्त्री मोदीलाई बधाई दिएका थिए।

यसअघि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र मौरिसका प्रधानमन्त्री प्रविन्द जगन्नाथले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका थिए।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिए र दुई देशको साझा समृद्धि र स्थिरताको खोजीमा ‘साझा हित’ लाई अगाडि बढाउन सँगै काम गर्न तत्पर रहेको बताए।

प्रधानमन्त्री मोदीले जमैकाका प्रधानमन्त्री एन्ड्रयु होलनेसलाई धन्यवाद दिँदै दुई देशका जनताको हितका लागि मिलेर काम गर्न तत्पर रहेको बताए।

यसबाहेका अमेरिकाका राष्ट्रपति जो बाइडेन, रसियाका राष्ट्रपति भ्यादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिङपिङले पनि शुभकामना व्यक्त गरेका छन् । 

 लोकसभा चुनावको मतगणना मंगलबार भएको थियो। भारतको निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन २०१९ को ३०३ सिटभन्दा निकै कम छ। यसैले पनि अहिले मोदीलाई नितिश कुमार र चन्द्रबाबु नाइडुसँग मिलेर गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता छ। 

अर्कोतर्फ कांग्रेसले ९९ सिट सहित विपक्षी गठबन्धनले २४० सिट जितेर बलियो आधार खडा  गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार