काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भारत जाने भएका छन् ।
मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन् । भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।
मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारी छ । प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेकाले उनी शनिबार नै भारत जाने बालुवाटार स्रोतको भनाइ छ ।
मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।
त्यसैको निरन्तरताका लागि प्रचण्ड भारत जान लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्