काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको फाइल खोल्न चुनौती दिएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले ७० बिगा कमिसन खायो भनेर जे आरोप लगाएको भन्दै त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न तपाईं गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ? भनेर गृहमन्त्रीलाई सोधेका हुन् । अगाडि उनले भने, ‘म जान्दछु, खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न ।’
झापाको विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा नीतिगत भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री ओलीले केही समयअघि कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गामा कमिसन खाएको आरोप लगाएका थिए ।




प्रतिक्रिया दिनुहोस्