यू-१९ सुदूरपश्चिम छनोट : बैतडीले दार्चुलालाई २०९ रनले हरायो

बैतडी : वाई वाई यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा बैतडीले शानदार शुरुवात गरेको  छ। बैतडीले सुखद शुरुवात गर्ने क्रममा पहिलो खेलमा दार्चुलालाई २०९ रनले पराजित गर्‍यो।

जितका लागि पाएको २८९ रनको लक्ष्य पछ्याएको दार्चुला १४ ओभर ५ बलमा ७९ रनमात्र बनाएर अलआउट भयो।

उसका लागि कमलेश विष्टले सर्वाधिक ४२ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। 

दार्चुलाको पारी ध्वस्त पार्ने क्रममा बैतडीका सचिन भट्ट एक्लैले ६ विकेट लिए। म्यान अफ द म्याच समेत भएका सचिनले ५ ओभर ५ बलमा २९ रन खर्चेर ६ विकेट झारेका हुन्। दिनेश महराले ३ विकेट लिए। 

यसअघि परशुराम नगरपालिका-१२ स्थित जोगबुढा रंग मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ४५ ओभरमा २८८ रन बनायो। 

जसमा दीपेश बोहराले ९४ रन, सुदीप कार्कीले ४२ रन बनाए। 

दार्चुलाका निरज पार्कीले ४ विकेट र खगेन्द्र महराले २ विकेट लिए।

जितसँगै बैतडी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दार्चुला भने लगातार दोस्रो हारसँगै पुछारमा छ। 

यसअघि पहिलो खेलमा दार्चुलालाई हराएको डडेल्धुरा दोस्रो स्थानमा रहेको स्कोरर लोकेश जोशीले बताए।

प्रतियोगिता अन्तर्गत मंगलवार बैतडी र डोटीबीच खेल हुनेछ।

जेठ २० गते शुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।
सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको छ।

दुवै समूहका शीर्षमा पुग्ने टोलीबीच फाइनल खेल असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्येबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोलीको घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार