प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा, मन्त्रिपरिषद् भंग गर्न सिफारिस

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।

उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गका छन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक बिहान ११ः३० बजे बसेको थियो । जसमा सरकारले तेस्रो पटक विजयी भएकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ ।

Dengue

बैठकमा १७ औं लोकसभा विघटन गर्न सिफारिस गरिएको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका थिए । मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । एकताका लागि सबै एनडीए सांसदहरूबाट हस्ताक्षरहरू प्राप्त गरिएको छ ।

जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदको सेन्ट्रल हलमा एनडीएका सबै सांसदहरूको बैठक हुने बताए ।

लोकसभा चुनावमा बीजेपीले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार