काठमाडौं : काठमाडौं महानगरपालिका र ओपन डोर्स इन्टरटेनमेन्टको संयुक्त पहलमा विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्याण्डस्बीचकाे खेल ठूलाे पर्दामा निशुल्क देखाइने भएकाे छ । काठमाडाैंकाे टुँडिखेल, तीनकुने र हाँडीगाउँगरी तीन स्थानमा खेल ठूलाे पर्दामा देखाउने तयारी भइरहेकाे हाे ।
त्यसका लागि अहिले प्रविधि जडानसहितकाे काम भइरहेकाे छ । खेल सुरु हुनुअघि कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतले टुँडिखेलमा सांगीतिक प्रस्तुतिसमेत दिनेछन् । खेल नेपाली समय अनुसार राति ९.१५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्