नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद

काठमाडौं : सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन्। टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्।

बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

Dengue

444489327_2863817177101928_8240142310002882201_n-1717482367.jpg
आजको ऐतिहासिक खेललाई नेपालले स्मरणयोग्य बनाउन हर सम्भव मिहेनत गर्नेछ।

यी दुई टोलीले अहिले १२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा नेदरल्यान्ड्सले ६ र नेपालले ५ खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार