सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले गिरावट आएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख ४१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

dashain shuvakamana
Discovery School

महासंघका अनुसार केही दिनदेखि ओरालोमा रहेको चाँदीको मूल्य आइतबार पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलामै २५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोलाको मूल्य एक हजार आठ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य गत सातादेखि नै घट्न थालेको थियो ।

अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढ र स्थानीय बजारमा भएको माग र आपूर्तिको प्रभावले मूल्य घटबढ भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार भन्सार दर बृद्धि भएसँगै पनि मूल्य ह्वात्तै बढेको छ । नयाँ बजेटमा सरकारले सुनको भन्सार दर २० प्रतिशत कायम गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार