शेयर बजारका बादशाह बफेटका प्रेरक विचारहरु : मार्केटमा तिमीले गर्न सक्ने गल्ती भनेको ताजा हेडलाइनका आधार किनबेच गर्नु हो !

काठमाडौं : शेयरबजारमा लगानी गर्दै हुनुहुन्छ भने विश्वकै शेयरबजार क्षेत्रमा सफल लगानीकर्ताको रूपमा परिचय बनाएका ब्यक्तिको बारे जानकारी लिनु फाइदाजनक नै हुन्छ ।

 
अमेरिकी अर्बपति वारेन बफेटका बारेमा नसुन्ने सायदै कमै होलान् ।  बफेटले विभिन्न कार्यक्रम, तथा अन्तर्वार्ताहरुमा दिएका विचारहरु पनि लगानीकर्ताहरुका लागि प्रेरणादायी हुन सक्छ । उनका कथाहरू तपाईंका लागि सफल लगानीको मन्त्र नै सावित हुनेछन् ।

Dengue

नेपाललगायत विभिन्न देशका शेयरबजारका लगानीकर्ताले बफेटलाई लगानीका लागि पछ्याउने गर्छन् । 

सरसर्ती हेर्दा झण्डै करोडको संख्यामा बफेटका फलोअर्सहरू छन् । जो उनको शेयरबजारको लगानी गर्ने शैलीलाई पछ्याँउदै मनग्य आम्दानी गरिरहेका छन् । 

सामान्य परिवारमा हुर्केका बफेट आज विश्वकै धनाढ्यहरूको सूचीमा अग्रस्थानमा आउँछन् भने अन्तर्राष्ट्रिय रूपमा प्रख्याति कमाएको कम्पनी हाथवे कम्पनीको मालिक पनि हुन् उनी । 

उनका केहि प्रेरक भनाइहरूः

१. यदि तिमीले सुतिरहदा पनि पैसा कमाउने माध्यम भेट्टाउन सक्दैनौ भने तिमीले मरुन्जेल काम गर्नुपर्ने हुन्छ । 

२. सबैभन्दा उत्तम लगानी भनेको आफै माथिको लगानी हो !! जति तिमी  सिक्नसक्छौ उति बढी कमाउन सक्छौ ।

३. एउटा व्यक्तिमा यी तीन गुणहरू खोज्ने गर्नु विद्वता, उर्जा र इमान्दारिता । यदि अन्तिमको गुण छैन भने अघिल्लो दुई गुणका लागि कष्ट नगर्नु ।

४. खर्च गरिसकेपछि बाँकी रहेको पैसालाई बचत गर्ने होइन, बचत गरिसकेपछि बाँकी रहेको पैसालाई खर्च गर्ने गर्नु ।  

५. हामी अरूभन्दा ज्यादा स्मार्ट बन्नु आवश्यकता छैन तर, अरू भन्दा बढी अनुशासित अवश्य बन्नुपर्ने हुन्छ । 

६. स्टक मार्केटमा तिमिले गर्न सक्ने  गल्ती भनेको ताजा हेडलाइनका आधार किनबेच गर्नु हो । 

७. यदि तिमीले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनौ भने तिमीले पैसा माथी नियन्त्रण गर्न सक्दैनौ । 

८. आफ्नै तिमीबाट सिक्नु उत्तम कुरा हो, अर्काको गल्तिबाट सिक्नु झनै सर्वोत्तम कुरा हो । 

९. दिनमा १०० पाना पढ्ने गर्नु, यसरी नै ज्ञानको विकास हुन्छ यसले चक्रिय ब्याज जसरी तिमीलाई फाइदा दिनेछ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार