भारतमा आम चुनाव सम्पन्न, ३५० बढी सिट जित्दै मोदी पुनः सत्तामाः एक्जिट पोल

काठमाडौं : विश्वकै सबैभन्दा ठूलो र लामो आम चुनाव भारतमा सम्पन्न भएको छ। शनिबार सातौँ चरणको मतदान सकिएसँगै एक्जिट पोलहरुले नतिजा आकलन सुरु गरेका छन्। अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन्।

इन्डिया न्युज–डी डाइनामिक्सले मोदी नेतृत्वको एनडीए गठबन्धनले ३७१ सिट जित्ने आकलन गरेको छ। सो एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १२५ सिट दिएको छ। रिपब्लिक भारत–पीमार्कले एनडीएलाई ३५९ र इन्डिया गठबन्धनलाई १५४ सिट दिएको छ। जन की बात एक्जिट पोलले एनडीएलाई ३६२-३९२ सिट दिँदा इन्डिया गठबन्धनलाई १४१-१६१ छुट्याएको छ।

पोल अफ एक्जिट पोल्सले एनडीएले ३६५ र इन्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ। ५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ। यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ।

अन्य एक्जिट पोलहरुको प्रक्षेपण सार्वजनिक भइसकेको छैन। एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनेछन्। स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन।शनिबार नै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भने आफ्नो गठबन्धनले २९५ सिट जित्ने दाबी गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार