काडमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहर भएका छन् । उनलाई न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेको हो ।
अब ट्रम्पविरुद्ध सजाय सुनाउन बाँकी छ । सजायका लागि आगामी जुलाई ११ का लागि सुनुवाई तोकिएको छ । उनलाई चार वर्षसम्म जेल वा प्रोवेशनको सजाय हुन सक्ने जनाइएको छ ।
यद्यपी ट्रम्पले आफूविरुद्धको फैसलाको पुनरावेदन गर्ने योजना बनाइसकेका छन् । तर त्यो अपील सुनुवाइ हुनुभन्दा धेरै अगाडि ट्रम्प फौजदारी न्याय प्रणालीको दायरामा आइसक्छन् । तर रोचक के छ भने ट्रम्पको सजायले उनलाई जेलमा पठाएमा उनीसँगै सेक्रेट सर्भिसका एजेन्टहरु पनि जानुपर्नेछ ।
ट्रम्प दोषी ठहर भएका ३४ अभियोगमा न्यूयोर्क राज्यको कानून अन्तर्गत सम्भावित सजाय भनेको प्रोबेशनदेखि चार वर्षको जेल सजाय हो । तर ट्रम्प सामान्य प्रतिवादी होइनन् । र धेरैजसो विज्ञहरूले जेल सजायको सम्भावना कम भएको बताउँछन् । तर मुद्दाका न्यायाधीश जुआन एम मर्चनले ह्वाइट कलर अपराधलाई गम्भीरताका साथ लिने बताएका छन् ।
पूर्वराष्ट्रपतिलाई जेलमा बस्नैपर्ने सजाय सुनाएमा ट्रम्प कुनै साधारण कैदी हुनेछैनन्। किनभने अमेरिकी कानुन अनुशार अमेरिकाको सेक्रेट सर्भिसले पूर्वराष्ट्रपतिहरूलाई चौबीसै घण्टा सुरक्षा प्रदान गर्नु आवश्यक हुन्छ । जसको मतलब सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई जेलभित्रै सुरक्षा प्रदान गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्