काठमाडौं : नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रतितोला २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुन पनि २३ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्