गेटा आखा अस्पतालद्धारा बाजुरामा निःशुल्क आखा परिक्षण

बाजुरा : बाजुराको कोल्टीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सात सय ११ जनाले सेवा लिएका छन् । गेटा आँखा अस्पतालको आयोजनामा जेठ १० देखी १२ गतेसम्म गरिएको शिविरमा बुढीगंगा र बुढीनन्दा नगरपालिकाका स्थानीयले सेवा लिएका हुन् ।

आँखा रोगमा एक हजार १३६ जनाले उपचार सेवा लिएका छन् । त्यसमा पनि  एक सय ६९ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । दन्त रोगमा तीन सय ७२ जनाले सेवा लिएका छन् ।

Seti Hospital

दन्त एक्स्ट्रक्सन एक सय ८० जनाको भएको छ । नाँक कान घाँटी रोगको उपचारका लागि आएका ६ सय २१ मा १९ जनाको सर्जरी गरिएको बताइएको छ । कोल्टी आधारभुत  अस्पतालमा शिविर चलाइएको हो । 

शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएको गेटा आँखा अस्पतालका चीफ मेडिक डाईरेक्टर एवम् वरिष्ठनेत्र विशेषज्ञ डा.सुरेशराज पन्तले बताएका छन् । 

प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित तीन वटा सेकेण्डरी लेवलका आँखा अस्पताल र २३ वटा आँखा उपचार केन्द्रहरु बाट उपलब्ध गराईने उनले बताए । 

प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको उनले बताए ।

गेटा आँखा अस्पतालका डाईरेक्टर पन्तको नेतृत्वमा संचालित उक्त शिविरहरुमा १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार