धनगढीका मेयरको कार्यकक्षमा वडाध्यक्षहरुको ग्याङफाइट

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरको कार्यकक्षमै वडाध्यक्षहरु बिच हातपात भएको छ । मंगलबार मेयर गोपाल हमालको कार्यकक्षमा वडाध्यक्षहरु बिच लफडा भएको हो ।

वडाध्यक्षहरू सन्तोष मुडभरी, जगेन्द्र शाही र प्रेम भण्डारी आफूमाथि खनिएको वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालले बताएका छन्। उनले नगर प्रमुखको कार्यकक्षमा तीन पटक आक्रमण भएको आरोप लगाएका छन्। उनले भने, ‘नगर प्रमुखले कार्यपालिकाको बैठक र सभा सञ्चालनको छलफलका लागि आकस्मिक बैठक बोलाउनुभएको थियो। केही साथीहरू ढिलो पनि आउनुभयो। नगर प्रमुखले धारण राख्न भन्नुभयो। १०/१५ साथीहरूले धारणा राखेपछि सन्तोष मुडभरी, जगेन्द्र शाही र प्रेम भण्डारीको समूह ढिलो गरेर प्रवेश गर्नुभयो। नगर प्रमुखले सन्तोष मुडभरीलाई बैठकमा रक्सी खाएर आउने भन्नुभयो। नुन खाएको कुखुरो जस्तै झर्किनुभएको थियो। काँग्रेसका साथीहरूले बैठकमा समस्या नगर्ने भनेपछि बैठक सुचारु भयो।’नेपाली काँग्रेसबाट विजयी अन्य वडाध्यक्षहरूको आग्रहमा मदिरा सेवन गरेका मुडभरीलाई बैठकमा बस्न दिइएको थियो।

Dengue

यस्तै वडा नम्बर ६ का वडाध्यक्ष भागिराम चौधरीले आफुमाथि मेयरको कार्यकक्षमै आक्रमण गरेको दाबि गरेका छन् । उनले आफुलाई वडाध्यक्ष सन्तोष मुडभरी र गजेन्द्र शाहीले आक्रमण गरेको बताएका छन् ।

मेयर हमालको कार्यकक्षमा चलिरहेको बैठ्कमा आफुलाई अपशब्द प्रयोग गर्दै आक्रमण गरेको उनको दाबि छ । चौधरीले आफुमाथि आक्रमण हुदाँ वडाध्यक्ष शेर बहादुर महरा र रामलाल चौधरीले बचाएपछि बाहिर भागेर ज्यान जोगाएको बताए ।

मेयरको कार्यकक्षमै अन्य वडाध्यक्षहरुलाई आक्रमण गर्ने मुडभरी, शाही र भण्डारीलाई कारबाहीको माग गर्दै ८ वडाध्यक्षहरुले ज्ञापनपत्र बुझाएका छन् । उनिहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिने बताएका छन् ।

धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बिच लामो समयदेखी जग्गा कित्ताकाटको बिषयमा विवाद हुदैँ आएको छ ।

वडा नं. १ का वडा अध्यक्ष संंन्तोष मुडभरी संग बुझ्दा सामान्य विवाद भएको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार