काठमाडाैँं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३९ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४५ रूपैयाँ २० पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १७० रूपैयाँ ५२ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५२ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९२ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ २९ पैसा र बिक्रीमा २८ रूपैयाँ ४२ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ०३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ९९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ८२ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्