स्ववियुद्धारा क्याम्पस प्रमुख मार्फत उपकुलपतिलाई बधाई सहीतकोे ज्ञापन पत्र

दार्चुला : स्वतन्त्र विद्यार्थी युनियन दार्चुला बहुमुखि क्याम्पसद्धारा क्याम्पस प्रमुख मार्फत नव नियुक्त सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्त लाई बधाई सहीत विभिन्न मागहरु राख्दै आज ज्ञापन पत्र बुझाएको छ।

विद्यार्थी,शिक्षक तथा कर्मचारीका लगायत समग्र विश्वविध्यालय सुधारका निमित्त विभिन्न मागहरु राखेर १२ बुँदे ज्ञापन पत्र बुझाइएको स्ववियु अध्यक्ष कृष्ण धामीले बताए।

Dengue

स्ववियुको राखेका मागहरु
१) विश्वविद्यालयको सिनेट बैठकमा विद्यार्थीको प्रतिनिधित्व सम्बन्धमा विश्वविद्यालय ऐनमा उल्लेख गरिए अनुसार विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व अनिवार्य हुनुपर्छ। स्वतन्त्र विद्यार्थी युनियनलाई क्याम्पस प्रमुखको नेतृत्वमा बनेका प्रशासनिक समितिहरुमा अनिवार्य पदेन सदस्य हुने गरी हरेक गतिविधिहरुमा सहभागी गराउनका लागि सबै क्याम्पसहरुलाई तत्काल परिपत्र गर्नुपर्ने र नियमावलीमा उल्लेख गर्नुपर्ने ।

२) लामो समयदेखि विश्वविद्यालय समायोजन प्रक्रिया पुरा नहुँदा विभिन्न क्याम्पसका प्राध्यापकहरुको आफ्नै भविष्य के हुने भन्ने चिन्ता र चासो बढ्ने, मनोबल घट्ने भएको हुदाँ त्यसको प्रत्यक्ष असर विद्यार्थीहरुमा पर्ने भएकाले यसको तत्काल समाधान गरी प्राध्यापकहरुको मनोबल बढाउनु पर्ने।

३) दार्चुला बहुमुखी क्यामपसमा विधार्थीहरुको निमित्त प्रविधी मैत्री शिक्षाको लागी पुस्तकालय भवन तयार भएको करिब एक वर्ष पुरा हुन लागेको छ तर व्यवस्थापकीय अभावमा सञ्चालन गर्न सकिएको छैन । उक्त भवन व्यवस्थापनको लागी बजेट व्यवस्था गरीदिनु पर्ने र सुदूरपश्चिम विश्वविद्यालयका प्रत्येक क्याम्पसमा अनिवार्य पुस्तकालय अनुगमन गर्नुपर्ने ।

४) यस विश्वविधालयका अधिकांश क्याम्पसहरु पहाडी क्याम्पसहरु भएकाले निकै दुर्गम क्षेत्रमा चर्को भाडामा बस्नु पर्ने बाध्यता भएकाले सवैभन्दा दुर्गममा पर्ने दार्चुला बहुमुखी क्याम्पसमा छात्रबासका लागी अबिलम्व पहल गर्नुपर्ने र प्रत्येक सुदूरपश्चिम विश्वविधालयको शैक्षिक, भौतिक, प्रशासनिक, बिषयमा बिद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम र अनुगमन समिति समेत बनाउनु पर्ने।

५) यस क्याम्ससमा आन्तरिक स्रोतबाट परिश्रमिक पाउने पुर्णकालिन कार्यरत २ जना शिक्षकतर्फ २ जना कर्मचारीतर्फ कार्यरत रहेकोमा निज चारैजनाको पारिश्रमिक विश्वविध्यालयको स्रोतबाट व्यवस्थापन गरिनुपर्ने । अन्य बिषयमा क्याम्पस प्रशासनसंग छलफल गरी प्रशासनिक काम लगायत प्राध्यापकहरुको आपसी दन्दका कारण विधार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असर पुर्याउने जस्ता कार्य प्राध्यापकहरुबाट भएको हुदा मेलमिलापको वातावरण सिर्जना गर्नुपर्ने।

६) सुदूरपश्चिम विश्वविधालयको परीक्षा सन्चालनका लागी गरिने आन्तरिक परिक्षा सन्चालन, प्रश्नपत्रनिर्माण उत्तरपुत्तिका जाँच र नतिजा प्रकाशनका लागी विश्वविद्यालयकै प्राध्यापकहरुबाट गरिने तर नतिजा सन्तोषजनक नआउने अवस्था प्रति गम्बिर ध्यानाकर्षण भएकाले तत्काल समस्या समाधानका लागी पहल गर्नुपर्ने।

७) प्रश्नपत्रकै कारण धेरै विद्यार्थीहरु अनुत्तीर्ण हुने जटिल समस्यालाई ध्यानार्कषण गराउदै त्रिभुवन विश्वविद्यालयले सुरु गरिसकेको अभ्यास प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा अनिवार्य निर्माण गर्न परिक्षा नियन्त्रण कार्यालयलाई निर्देशन गर्नुपर्ने।

८)कक्षामा पढाउने प्राध्यापकहरु यसै विश्वविद्यालयका, यसै विश्वविद्यालयका परीक्षाको पेपर निर्माण गर्ने, विद्यार्थीहरुले परीक्षा दिने यसै विश्वविद्यालयमा, पेपर चेक यमा, पेपर चेक विश्वविद्यालयकै प्राध्यापकहरुले गर्ने तर नतिजा शून्य आउने कारण के हो रु परीक्षाको नतिजा सार्जजानिक गर्न ५।६ महिना लाग्ने समस्याको अन्त्य गरि परिक्षा सन्चालन भएको ३ महिना भित्र नतिजा प्रकाशन गर्नुपर्ने र अनुगमन समिति छानबिन समिति वनाई तुरुन्त छानबिन गर्नु पर्ने।

९) विश्वविद्यालय भित्रै कोर्ष निर्माण गर्ने प्रावधान रहेको तर कक्षा सुरु भएको महिनौसम्म पनि कोर्ष निर्माण गर्न नसक्नुको कारण के हो रु यसको छानबिन गरी यो समस्याको अन्त्य गर्नुपर्ने र कोर्ष निर्माण गरिसकेपछि सम्बन्धित विषयका प्राध्यापकहरुलाई पाठ्यपुस्तक निर्माणका निम्ति अग्रसरता गराउन सकिन्छ कि सकिदैन रु प्राध्यापकहरुले पाठ्यपुस्तक निर्माणको वातावरण विश्वविध्यालयले निर्माण गर्नुपर्ने।

१०) विश्वविद्यालय स्थापनाको लामो समय हुँदासमेत सेमेष्टर प्रणालीको महत्व पढाउने प्राध्यापकहरुले समेत बुझ्न नसकेकाले प्राध्यापकहरुलाई पनि शिक्षण तालिम प्रदान गर्नुपर्ने र विश्वविध्यालायको शैक्षिक सुधारको लागि प्रत्येक क्याम्पसको स्ववियु पदाधीकारि सगं बैठक आयोजना गर्नेपर्ने।

११) विश्वविद्यालयमा कुनैपनि पदपूर्ति गर्दा दलीय भागबन्डा गर्ने चरम लापरवाही देखिएकाले यो असाध्यै लाजमर्दो प्रवृत्तिको अन्त्य गरी खुला प्रस्तिस्प्रधाबाट पदपूर्ति गरिनुपर्ने।

१२) हाल विश्वविद्यालयले विद्यार्थीहरुलाई २५५ छात्रवृत्ति मात्रै दिएकोले यसलाई बढाएर नयाँ नीति र नयाँ संकल्पका साथ निति संसोधन गर्नुपर्ने ।

पुनश्चः तपाईको हरेक वैद्धिक क्षमताको कदर गर्दै। विद्यार्थीहरुको साझा समस्या लिखित पठाएका छु। हाम्रा मागहरु पुरा भएन भने आन्दोलन गर्छौं ताला लगाउँछौ भनेर भन्दैनौं विद्यार्थी आन्दोलनलाई सिर्जनशील र शैक्षिक बनाउन चाहन्छौ। तर तपाईहरू गम्भीर हुनुभएन विद्यार्थीहरुलाई हाम्रो विश्वविद्यालय प्रतिको भरोसा दिलाउन सक्नु भएन भने निकट भविष्यमा विश्वविद्यालयका खाली कोठा देखेर मुख छोप्दै जागीर छोडेर घरतिर लाग्नुपर्नेछ भन्ने कुरा स्मरण गराउन चाहन्छौ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार