बझाङको साईपाल गाउँपालिकामा सात वर्ष पछि बैंकको शाखा पुग्दैं

बझाङ : देशकै एक मात्र बैंक नभएको स्थानीय तह साइपाल गाउँपालिकामा अब एभरेष्ट बैँकको शाखा खुल्ने भएको छ।

बैंक स्थापना गरीदिनुपर्ने भन्दैे गाउँपालिका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पटक पटक काठमाडौँ धाईरहेका थिए ! विभिन्न मन्त्रालय देखी राष्ट्र बैंक सम्म धाएर बैंककोे शाखा खोलिदिनु पर्ने अडान राखेको उनी सम्झन्छन् । सोहि क्रममा चैत्र महिनामा नेपाल राष्ट्र बैंकको टोलीले साइपाल गाउँपालिकाकोे स्थलगत अवलोकन गरी फर्किए पछि अब बैँककोे शाखा स्थापना हुने पक्का भएको छ । बैँक स्थापना गर्न सकिने/नसकिने बारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उप निर्देशक टीकाराम तिमिल्सिना, सह निर्देशक उत्तम गौनी, एभरेस्ट बैँकका उपमहाप्रबन्धक आशुतोष शर्मा र एभरेष्ट बैँककै बझाङ शाखा प्रमुख कुमार थिङ सहितको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडा सम्म पुगेको थियो ।

Dengue

अनुगमन सकेर राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा र एभरेष्ट बैँक लिमिटेडका प्रतिनिधिहरुको उपस्थितमा बैँक सम्बन्धि विभिन्न विषयमा छलफल भएको र आउँदो महिना देखी बैंकको सामान ढुवानी गर्ने मौखिक सहमति भएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताउनुभयो । उनका अनुसार जेठ महिना भित्रै सो शाखा खोल्ने स्थान सम्म सामान पुर्याउन सके आउदो आर्थिक वर्ष भित्रै सेवा प्रवाह गरीने छ ।

राष्ट्र बैँकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा शाखा निर्माणका लागी एभरेस्ट बैँकलाई तोकेता गरेकोे थियो। तर पनि एभरेस्टले बैँक भने पालिकामा सडक, सञ्चार,सुरक्षा लगायतका पूर्वाधारमा समस्या देखेपछि शाखा स्थापना गर्न नसकिने भन्दै आनाकानी गर्दै आएको थियो ।गाउँपालिकाका जनप्रतिनिधिहरूले भने बैँक स्थापनाका लागी आफ्नो तर्फबाट गर्न सकिने सबै सहयोग गर्न तयार रहेको बताउँदै आएका थिए । पालिकामा बैँक नहुँदा कारोबार गर्न समस्या हुने भन्दै साइपाल गाउँपालिकाको कार्यालय सात बर्ष यता सदरमुकाममै घर भाडामा लिई चलीरहेको छ ।

योजनाको सम्झौता देखि सामान्य सिफारिसका लागि पनि स्थानीयले दुई देखि चार दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहदै आएको थियो अब साइपाल गाउँपालिकामै बैककोे शाखा स्थापना हुने भएपछी सहज बैंकिङ पहुँच र समयकोे वचत हुने भन्दै स्थानीय खुशी भएका छन्!

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार