धनगढीको इन्द्रेणी दोहोरी साँझमा कुटिए पत्रकार , संञ्चालककै छोराको नाममा प्रहरीमा निवेदन

धनगढी : शुक्रवार राति कैलालीको धनगढीस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा भएको छ।

दोहोरी साँझमा नाचगान गर्ने क्रममा संञ्चालकले धनगढीका एक पत्रकारमाथी हातपात गरेको भन्ने निवेदन जिल्ला प्रहरी कार्यालयमा पुगेको छ ।

Dengue

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्र बोहरा ले मध्यरातमा भएको लफडामा एक पत्रकारले आफुमाथी कुटपिट भएको र मायामेट्रो अस्पतालमा उपचार गराई रहेको भन्नेकुरा आएकोले प्रहरीले यस बिषयमा अनुसन्धान थालेको बताए।

उनका अनुसार दोहोरीकी साहुनी राधिकाराज लम्सालका छोराविरुद्ध पीडित पत्रकार पक्षबाट प्रहरीमा निवेदन दिएका हुन् ।

तर ती साहुनीका छोरा प्रहरी सम्पर्कमा नआएपछि प्रहरीले उनलाई खोजतलास गरेर पक्राउ गर्ने तयारी गरेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार