तस्करकोे नयाँ स्वरुप : ‘सुनको ज्याकेट’ पछी अब लगाउन थाले सुनले पोतेको कपडा

काठमाडौँ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

३९ वर्षीय नवीन हरिशलाल गोक्लानीलाई ​बिहीबार दिउँसो करिब ३ बजेतिर पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।दुबईबाट काठमाडौं आएका गोक्लानी आगमन गेट नजिकबाट पक्राउ परेका हुन् ।​

Dengue

एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको कपडा अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
चेकजाँचका क्रममा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको छ । यस्तै उनको साथबाट ४० ग्रामको सुनको सिक्री पनि बरामद भएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार