राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनालले गरे पदभार ग्रहण

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)​ देवेन्द्ररमण खनालले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

यसअघि खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Seti Hospital

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ९२० तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ९३० को व्यवस्थाबमोजिम खनाललाई बैंकको सीईओमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।

पदभार ग्रहणका अवसरमा नवनियुक्त सीईओ खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने जानकारी दिए ।​​

चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए । विसं २०६४ मा चार्टर्ड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।

यसअघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्नका लागि बैंकले गत वैशाख ७ गते  दरखास्त आवेदन माग गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार