काठमाडौं : सुनको भाउ बुधबार तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो १२ सय रुपैयाँले घटेको थियो । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ ।
यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता १३ सय रुपैयाँले घटेको छ । आज चाँदीको भाउ भने बढेको छ ।
हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्