महालक्ष्मी बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ : देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक लि. ले मिति २०८१ जेष्ठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता र्याली तथा आफ्ना ८ वटा शाखाहरू मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३ लगायत विभिन्न कार्यक्रमहरू गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गर्ने बैंकले जनाएको छ । यस अवसरमा बैंकले आफ्ना शेयरधनीहरु, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते, आइतबार आठ शाखा कार्यालयहरू मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको हो ।

Dengue

त्यस्तै केन्दि«य कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा जेष्ठ ५ गते, शनिवार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो । बैंकले जेष्ठ ७ गते, सोमबार केन्दि«य, प्रादेशिक तथा शाखा कार्यालयहरू मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेसभुसामा बैकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरि बैंकको केन्दि«य कार्यालय दरबारमार्गमा जेष्ठ ८ गते स्वास्थ्य शिविर र जेष्ठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ भने विगत २ वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला ९महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग- २०२४, श्रृङखला ३० १६ टिमको सहभागितामा बैैंकले जेष्ठ २२, २३ र २४ गते सञ्चालन गरिनेछ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरू र ७ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार