अन्तरपालिका भलिबल : मेलौली र दशरथचन्द फाइनलमा

बैतडी : बैतडीको देहीमाडौँमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियोगिताको पुरुषतर्फ मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकाको ‘ए’टिम फाइनलमा प्रवेश गरेका छन्।

सिगास गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै मेलौली फाइनलमा पुगेको हो भने सुर्नया गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै दशरथचन्द नगरपालिकाको ‘ए’टीम फाइनलमा पुगेको हो। 

Dengue

महिलातर्फ मेलौली र शिवनाथ यसअघि नै फाइनलमा प्रवेश गरिसकेका छन्। 

महिला र पुरुष दुवैको फाइनल खेल भोलि (मंगलवार) हुने भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले बताए। पुरुषतर्फ तेस्रो स्थानका लागि सुर्नया र सिगासबीचको खेल पनि मंगलवार नै हुनेछ।

महिलातर्फ दनपाको टीमले तृतीय स्थान हात पारेको छ। पुर्चौंडी नगरपालिकाको टोलीलाई ३–० ले पराजित गर्दै दनपाले तृतीय स्थान हात पारेको हो।

नेपाल खेलकुद महासंघको आयोजनामा भइरहेको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ। 

प्रतियोगिताको प्रथम पुरस्कार ७७ हजार ७७७ रुपैयाँ रहेको छ। दोस्रो पुरस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको छ भने तेस्रो पुरस्कार ४४ हजार ४४४ रुपैयाँ र सान्त्वना पुरस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ। पुरस्कार महिला र पुरुष दुवैतर्फ समान रहेको छ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए।

प्रतियोगिताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार