आज कांग्रेस-एमाले संसदमै दोहोरो भिडन्त गर्ने मुडमा

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। 

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे गरी बोलाइएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक एक बजे बस्ने कार्यसूची छ। आजको बैठक पनि कांग्रेसले चल्न नदिने चेतावनी दिएको छ।

Dengue

एमालेले पनि कांग्रेसले बलमिच्याई गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको छ। आजको संसदमा मुठभेडको संकेत देखिएको छ। कांग्रेसले  मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची थियो। तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरे।  जसका कारण राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव नै सदनमा पेस हुन सकेन।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सरकारले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको कांग्रेस त्यसका अलावा गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको संलग्नता देखिएको बताउन थालेको छ। 

आफूविरुद्ध आछेप लगाउन थालेको भन्दै ओलीले कांग्रेसले कमिशन खाएर ७० विघाहा जमिन बेच्न दिएको आरोप लगाएका छन्। उनले आफ्ना सांसदलाई कांग्रेसको मिथ्या आरोपप्रति संसदमा सशक्त प्रतिवाद गर्न सांसदहरुलाई चेतावनी दिएका छन्।

यता​ रास्वपाका सभापति रवि लामिछाने भने आफूले संसदमा बोल्न पाउनुपर्ने अडान राखिरहेका छन्। कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म रविलाई बोल्न नदिने अडानमा छ।  सत्तारुढ दल र प्रमुख प्रतिपक्षको अडानले दुई महिनादेखि संसद बन्धक बनेको छ।

संसदमा आजको सम्भावित कार्यसूची

बिहान ११ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले  सम्भावित ९ वटा कार्यसूची सार्वजनिक गरेको हो।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ । 

सभामुख घिमिरेले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते गरेको सम्बोधनको प्रति टेबुल गर्नुहुने कार्यसूची छ।

बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबार गरेको सम्बोधनका लागि प्रतिनिधि सभाको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको पनि संसद् सचिवालयले जनाएको छ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०ु पेस गर्ने कार्यसूची पनि छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नेछन्। 

बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा उद्योगमन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेकार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा विभिन्न ६ सम्भावित कार्यसूची  सार्वजनिक भएका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार