ओलीले लखेट्न खोजेपछी एमालेबाट बाहिरिने अवस्थामा पुगे : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले आफू अझै पनि एमालेमा रहन चाहेको, तर आफूलाई पार्टीमै बसिरहने वातावरण नै नरहेको बताएका छन्। पार्टी छाड्ने आफ्नो मन नभए पनि अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको उनको भनाइ छ । 

मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । ओलीकै कारण एमालेमा बसिरहने अवस्था नरहेको नेता रावलको भनाइ छ । 

Seti Hospital

रावलले भनेका छन्, ‘पार्टीलाई एकताबद्ध बनाउने विषयमा जाने हो भने अहिले पनि मेरो पहिलो प्राथमिकता र पहिलो विकल्प भनेको नेकपा एमाले नै हो।’ आफूलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा पनि निषेध गरेको उनको गुनासो छ । 

वैशाख ८ र ९ गते ललितपुरमा भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निमन्त्रणा नदिएको भन्दै रावलले पार्टीप्रति रोष व्यक्त गर्दै आएका​ छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार