टिभिएसको स्कुटर खरिद गरेकी धनगढीकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक 

धनगढी : टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात पारेकी छन् । धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सबाट गत चैत ३० गते स्कुटर खरिद गरेकी धनगढी उपमहानगरपालिका-८ मोतीचोककी ठगुन्नाले साप्ताहिक लक्की-ड्र मार्फत शतप्रतिशत क्यास ब्याक प्राप्त गर्न सफल भएकी हुन् ।

तीन लाख पाँच हजार ९०० रुपैयाँमा स्कुटर खरिद गरेकी उनले अहिले सो सबै पैसा फिर्ता पाएकी हुन् । उनले स्कुटर खरिद गर्दा पनि नगद छुट प्राप्त गरेकी थिइन् ।  टिभिएस ‘मेरो साथी’ योजना अन्तर्गत हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, सियोर सट क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम इएमआई तथा सजिलो फाइन्यान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराइरहेको छ ।

साथै यो योजना अन्तर्गत टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको समेत व्यवस्था रहेको छ । कम्पनी पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरू माझ निकै ठूलो प्रभाव पार्न सफल बनेको दाबी छ । स्मार्ट कनेक्ट रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार