फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं : नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ६ सय पुगेको हो ।

तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Dengue

चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार