देशैभरका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने बालेनको घोषणा

काठमाडौं : काठमाडौं महानगरपालिकाले देशका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । मेयर बालेन शाहले सार्वजनिक अपिल गर्दै जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत अशक्त र गरिब नागरिक बिरामी जसको सम्पर्कमा भएपछि खबर गर्ने आग्रह गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ मेयर शाहले भनेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । तपाईँको टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार