ट्युनिसिया, अल्जेरिया र लिबिया अनियमित अध्यागमन विरुद्ध लड्न सहमत

एजेन्सी : ट्युनिसिया, अल्जेरिया र लिबियाका नेताहरू अनियमित अध्यागमन विरुद्ध लड्न र बिजुली इन्टरकनेक्सनलाई गति दिन सँगै काम गर्न सहमत भएका छन् । ट्युनिसियाका राष्ट्रपति काइस सईद, अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद तेब्बौन र लिबिया प्रेसिडेन्सी काउन्सिलका अध्यक्ष मोहम्मद अल–मेन्फीले तीन छिमेकी देशका नेताहरूबीचको पहिलो परामर्श बैठकको अन्त्यमा संयुक्त घोषणापत्रमा सहमति जनाएका हुन् ।

घोषणापत्रमा नेताहरूले साझा सीमामा सुरक्षा निगरानी र अनियमित आप्रवासन र सबै प्रकारका संगठित अपराधविरुद्ध लड्न संयुक्त कार्यदल गठन गर्न सहमति जनाएका छन् । उनीहरूले ट्युनिसिया–लिबिया–अल्जेरिया बिजुली इन्टरकनेक्सन परियोजनाको कार्यान्वयनलाई तीव्रता दिन र मानिस तथा सामानहरूको आवागमनको प्रक्रियालाई गति दिन र स्वतन्त्र व्यापार क्षेत्रहरू स्थापना गर्न पनि सहमत भएका हुन् ।

Dengue

लिबियाको मुद्दाको सन्दर्भमा, तीन नेताहरूले लिबियामा लिबियाको आकांक्षा पूरा गर्ने चुनावको सुरुवातको आशामा कुनैपनि प्रकारको विदेशी हस्तक्षेपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार