प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन स्पेन तयार

काठमाडौं : स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इजरायलले गाजामाथि गरिरहेको आक्रमणको चर्को आलोचना गरेका छन्। 

कंग्रेसलाई सम्बोधन गर्दै प्रधानमन्त्री साञ्चेजले आफूहरू प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिन तयार रहेको बताए। यो कदम मध्यपूर्वको तनाव कम गर्नका लागि सहयोगी हुने उहाँको दाबी छ । ‘यो युरोपको भौगोलिक हितका लागि पनि उपयुक्त छ’, उनको भनाइ उद्धृत गर्द बीबीसीले जनाएको छ।

Galaxy

उनले प्यालेष्टाइनलाई छुट्टै देशको समर्थन दिने सन्दर्भमा युरोपियन युनियनका नेतासँग पहल गर्ने बताए। साञ्चेज शुरुदेखि नै हमासविरुद्ध इजरायलले गाजामा जारी राखेको कारबाहीको आलोचक थिए। बीबीसी

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगले पनि प्यालेष्टाइनलाई छुट्टै देशको मान्यता दिनु नै शान्तिको दिशामा उपयुक्त कदम हुने बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार