सुनको भाउ हालसम्मकै महँगो, १ लाख ३६ हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय पुगेको छ । यो हालसम्मकै उच्च हो ।

आज तेजाबी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार