काठमाडौं : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम २ मा एक लाख १५ हजार ४६७ र बझाङको प्रदेशसभा १ मा ६१ हजार ११० मतदाता रहेका हुन्।
आयोगको बिहीबार बसेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी मतदाताको अन्तिम नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको हो।
आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ४२२ जना मतदाता थप भई एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६३८ जना थप भई ६१ हजार ७४८ मतदाता कायम भएका छन्।
आयोगको सूचना जस्ताको त्यस्तै :





प्रतिक्रिया दिनुहोस्