गृहमन्त्रीलाई रोकेर कांग्रेसले संसदमा अराजकता मच्चायो : एमाले

काठमाडौँ : सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ। 

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्याएको आरोप लगाएका हुन्। 

‘आज गृहमन्त्रीले बोल्छु भन्दा रोकेर राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली कांग्रेसका तर्फबाट भएको छ। हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौँ– यो हाउसमा प्रतिपक्ष मात्रै छैन‚’ उनले भने, ‘प्रतिपक्षले सदनमा रोक्ने? हामी गृहमन्त्रीलाई सुन्न चाहन्छौँ। सिंगो देश गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ‚ के उहाँहरुले रोकिरहने?’

उनले कांग्रेसलाई सत्ता छाड्नुपरेको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालका गतिविधि नगर्न पनि सचेत गराए। उनले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो भन्दै कांग्रेसलाई प्रश्नसमेत सोधे।

‘सरकारबाट हटनुपर्दाको पीडा एक महिना पनि सहन नसक्ने कांग्रेसको चरित्रले वास्तवमा संसदीय अभ्यासमाथि, संसदीय मूल्यमान्यता क्षतविक्षत बनाएको छ। हामी कांग्रेसलाई सोध्न चाहन्छौँ– कांग्रेसले गृहमन्त्री स्वीकार गर्छ कि गर्दैन? गृहमन्त्री स्वीकार गर्दैन भने बहिष्कार गरोस्। देशमा गृहमन्त्री भएको हामी मान्दैनौँ भनेर कांग्रेसले भन्नसक्छ?’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार