तोलाको १ लाख ३३ हजार पुग्यो नेपाली बजारमा सुन

काठमाडौं :  नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ।

मंगलबार सामान्य घटेको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो। यो हालसम्मकै उच्च मूल्य हो। 

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार एक लाख ३० हजार ५५० रुपैयाँ थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहेकाले त्यसको असर नेपालमा पनि परेको हो। 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला एक हजार ५४५ मा कारोबार भएको चाँदी बुधबार एक हजार ६१० रुपैयाँ पुगेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार