विश्वका डलर अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो, विनोद चौधरी कति नम्बरमा ?

काठमाडौं : अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । फोर्ब्स अहिलेसम्मकै धेरै २ हजार ७८१ जनाको सूची सार्वजनिक गरेको हो । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो ।

विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो । नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।

Dengue

यसैबीच नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको स्थान भने केही खस्केको देखिन्छ । कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्तिसहित चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छन् । उनी गत वर्ष १ हजार ६ सय ४७ औं स्थानमा थिए । यद्यपि उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार