शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं : शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ । यसअघि बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ३०० मा कारोबार भएको थियो । बुधबार १ लाख २६ हजार ८ सयमा किनबेच भएको थियो ।

Dengue

त्यसैगरी तेजाबी सुनमा पनि २ हजार १ सय बढेर तोलामा १ लाख २९ हजार ४ सय पुगेको छ । बिहीबार १ लाख २७ हजार ३ सय रुपैयाँ थियो । बुधबार १ लाख २६ हजार २ सय थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ बढेर १ हजार ५ सय २५ पुगेको छ । बुधबार १ हजार ५ सय १० थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार