मञ्जुश्री फाइनान्स लिमिटेड र गन्तव्य क्याफे बिच छुट सम्झौता

धनगढी : मञ्जुश्री फाइनान्स लिमिटेड र धनगढी-४ उत्तरबेहडीमा रहेको गन्तव्य क्याफे बिच मञ्जुश्री फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी तथा संञ्चालकलाई क्याफेमा उपलब्ध हुने हरेक सेवामा १० प्रतिशत छुट दिने सम्झौता गरेको छ । होलि पर्वको बिषेश अवसरमा आज अर्थात् चैत ११ गतेबाट नै लागु हुने गरी मञ्जुश्री फाइनान्स लिमिटेड धनगढी शाखाका तर्फबाट शाखा प्रबन्धक हेमराज बिनाडी र गन्तब्य क्याफेका तर्फबाट संञ्चालक उमेश थापा बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गन्तव्य क्याफेले होली पर्वको अवसरमा चैत १२ गते लाईभ म्युजिक तथा अन्य मनोरन्जनात्मक कार्यक्रम गर्ने र क्याफेमा आउने ग्राहकलाई बिशेष छुट दिने जनाएको छ ।

Dengue

मञ्जुश्री फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी तथा संञ्चालकलाई क्याफेका तर्फबाट छुट उपलब्ध गराएकोमा शाखा प्रबन्धक बिनाडीले धन्यवाद व्यक्त गरे । त्यसै फाइनान्स कम्पनीले धेरै गाहकलाई सरल र उत्कृष्ट बैकिंङ सेवा दिईरहेकोले मञ्जुश्री संग जोडिन पाउँदा खुशी महशुस गरेको गन्तव्य क्याफेका संञ्चालक थापाले बताए ।

मञ्जुश्रीले प्रत्येक बर्ष उत्कृष्ट नतिजा दिदैं लाखौं ग्राहकको मन जिती रहेको छ । हाल मात्रै देशका विभिन्न फाइनान्स कम्पनीलाई उछिन्दै “बेस्ट म्यानेज्ड फाइनान्स् कम्पनी अफ दि इयर २०२४” पनी हात पार्न सफल भएको छ ।

कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीको देशभर २७ वटा शाखा रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार