ग्लोबल आईएमई बैंकको ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक

काठमाडौं ग्लोबल आईएमई बैंक लिमिटेडले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवर्धन गर्न न्यूनतम ब्याजदरमा ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक गरेको छ। 

यो योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि विद्युतीय चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशत देखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ। कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर  छ। 

Dengue

ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाएकाहरू यो योजनाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

ग्लोबल आईएमई बैंकको मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा पुर्‍याउँदै आएको छ। यस्तै ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्र छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार