सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, एक सातामै प्रतिताोल ५ हजारले बढ्यो

कैलाली : पछिल्लो केही दिन यता सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम राख्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत आइतबारको तुलनामा यो आइतबारसम्ममा सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढेको छ ।

अघिल्लो आइतबार अर्थात फागुन २० गते प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम भएको छापावाल सुनलाई आज १ लाख २६ हजार रुपैयाँ पर्नेछ । यो हालसम्मकै उच्च हो । शनिबार नेपाली बजार बन्द हुने भएकोले आइतबार खुलेको बजारमा शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

Dengue

त्यस्तै, शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको छ । गत आइतबार यो सुनको मूल्य प्रतितोला १ आख २० हजार ४ सय रुपैयाँ कायम भएको थियो । 

यता, चाँदी भने प्रतितोला पाँच रुपैयाँ मात्रैले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय ७५ रुपैयाँ पर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार