माओवादीबाट गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेशमा छुट्टाछुट्टै बसेका प्रदेश संसदीय दलको बैठकले निर्णय गरेर पार्टीले समर्थन फिर्ता लिएको हो।

आज पोखरामा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। केही बेरपछि समर्थन फिर्ताको पत्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाउने एक नेताले जानकारी दिए। केन्द्रमा कांग्रेसँगको गठबन्धन टुटेपछि हिजो मात्रै मुख्यमन्त्री पाण्डेले माओवादीबाट मन्त्री बनेका सुशीला सिम्खडा र रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए।

Dengue

योसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार संकटमा परेको छ। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई ३१ सांसदको समर्थन चाहिन्छ। कांग्रेसका २७एमालेका २२माओवादी केन्द्रका सभामुखसहित आठराप्रपाका दुई र एकीकृत समाजवादीको एक जना सांसद छन्।

त्यस्तैसुदूरपश्चिम प्रदेशमा पनि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। धनगढीमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद ओम विक्रम भाटले जानकारी दिए। केन्द्रमा बनेको नयाँ समीकरणको असर सुदूरपश्चिममा पनि देखिएको हो। सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्।

उनले हिजो नै माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए। उद्योगपर्यटनवन तथा वातावरण मन्त्री रमेश धामीसामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेपछि माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

ओवादीले समर्थन फिर्ता लिए पनि एकीकृत समाजवादीले साथ दिए कांग्रेस नेतृत्वको सरकार सुरक्षित छ। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसएकीकृतसमाजवादीर नागरिक उन्मुक्तिका सांसद मिले २९ सांसदको समर्थन जुट्नेछ। अब मुख्यमन्त्रीको भविश्य एकीकृत समाजवादीको निर्णयमा भर पर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार