यू–१६ महिला साफ : भुटानमाथि नेपालको सानदार जित

काठमाडौँ : नेपालले भुटानमाथि ३–० को जित निकाल्दै घरेलु मैदानमा जारी साफ यू–१६ महिला साफ च्याम्पियनशिप फुटबलमा पहिलो सफलता हासिल गरेको छ । 

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० को हार बेहोरेको थियो । सोमबार कमजोर प्रतिस्पर्धी भुटानविरुद्ध भने नेपालले सहज जित निकालेको हो ।

Dengue

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालको जितमा पूजा गिरी, कप्तान भुमिका बुढाथोकी र ज्ञान्सु डोल्मा लोले गोल गरे । यो जितसँगै दुई खेलबाट नेपालले तीन अंक जोड्दै फाइनल सम्भावनालाई जीवितै राखेको छ ।

लगातार हारपछि भुटानको भने फाइनल सम्भावना सकिएको छ । भुटानले पहिलो खेलमा भारतसँग ७–० ले नतिजा सुम्पिएको थियो । 

अब नेपालले बिहीबार भारत तथा भुटानले शुक्रवार बंगलादेशको सामना गर्नेछन् । 

त्यसअघि मंगलवार बंगलादेश र भारतबीचको खेल हुनेछ । चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यू–१६ नेपालमा शुक्रवारदेखि शुरु भएको हो । 

बंगलादेशले एक खेलबाट तीन अंक जोड्दा समान खेलबाट भारतको पनि तीन अंक नै छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार