भोजपुरी फिल्म उद्योगका ४ स्टार कलाकारको मृत्यु

नयाँ दिल्ली : भोजपुरी फिल्म उद्योगमा यति बेला शोकको स्थिति छ । एउटा दुर्घटनामा यस उद्योगले ४ उदीयमान स्टार कलाकार गुमाएको छ । 

मृत्यु हुनेमा चर्चित वेब सिरिज ‘पञ्चायत २’की अभिनेत्री आँचल तिवारी पनि छिन् । सञ्चार माध्यमहरुमा छापिएको समाचारअनुसार सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो । चारै जनाको मृत्यु घटनास्थलमै भएको बताइएको छ ।

Dengue

मृत्यु हुनेमा भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक विमलेश पाण्डे र छोटु पाण्डे पनि छन् । जानकारीका अनुसार बिहारको कैमुरमा आइतबार साँझ देवकाली गाउँ नजिक जीटी रोडमा यो सडक दुर्घटना भएको थियो । सोमबार बिहान मात्रै मृतकहरूको सनाखत भएको थियो । त्यसपछि मात्रै प्रहरीले विज्ञप्ति जारी गर्दै मृत्युको पुष्टि गरेको थियो ।  

आइतबार मोटरसाइकल, एसयूभी र ट्रक एक आपसमा ठोक्किएको थियो । यस घटनामा ९ जनाको मृत्यु भएको थियो । अधिकांशको मृत्यु घटनास्थलमै भएको बताइएको छ । 

भोजपुरी सिनेमाका पावर स्टार भनेर चिनिन अभिनेता तथा गायक पवन सिंहले एउटा पोष्ट गर्दै मृत्यु भएका सबै स्टारलाई श्रद्धाञ्जली दिएका छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि यस दूर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार