कैलाली : सुदूर पहाडमा यसबर्ष दोश्रो पटक हिमपात भएको छ । बैतडी जिल्लाको बेसी तिर सामान्य वर्ष समेत नभएको अवस्थामा लेकाली भेगमा भने हिमपात भएको छ । लेकाली भु-भागमा हिउ परेपछि हिउँ संग रमाउने आन्तरिक पर्यटकले रमाइले गरेकाछन् ।
जिल्लाको खोड्पे, सिगास, बाँजपानी, अनारखोलीलगायतका क्षेत्रमा हिमपात भएको हो । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा पनि हिमपात भएको छ ।

असोजपछि हिउँदे वर्षा नहुदाँ निराश भएका किसानहरुले राहत महसुस गरेका छन् । लामो समयदेखि वर्षा नहुदा हिउँदे बाली प्रभावित बनेको थियो । यस हिमपातले बालिनाली सप्रिने भन्दै किसानहरुमा आशा पलाएको छ ।
ढिलोगरी हिउँदे वर्षा भएपछि आलु लगाउने किसानहरुलाई भने निकै राहात मिलेको पाटनका स्थानीय किसान पदम बिष्टले बताए ।
यसैगरी हिउँदे फलफूलका बिरुवा लगाउने समय भएकाले पनि बिहिबारदेखिको वर्षाले निकै राहात पुग्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।






प्रतिक्रिया दनुहोस्