सिंहदरबार पुग्न नपाएका पैताला (तस्वीरहरू)

काठमाडौं  : पूर्व र पश्चिमबाट हिंडेको २५ औं दिनमा काठमाडौं पुगेका मिटरब्याज पीडितलाई सिंहदरबार नपुग्दै रोकिएको छ।

देशका विभिन्न भागबाट आएका उनीहरू सिंहदरबार पुगेर समस्या सुनाउने योजनामा थिए। तर प्रहरीले सिंहदरबार क्षेत्रमा प्रवेश गर्न नदिएपछि भृकुटीमण्डप पुगेर प्रदर्शन गरेका छन्।

Dengue

उनीहरू आफ्ना माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सिंहदरबार मार्चका लागि आएका थिए। मेची र महाकालीबाट आएका दुवै टोली चितवनबाट सँगसँगै काठमाडौं पुगेका हुन्।

उनीहरूले २५ दिनमा ७०० किलोमिटरभन्दा बढी पैदलयात्रा गरेका छन्। यस क्रममा कैयौं पीडित बिरामी परेका छन्।

धेरैजसोका पैताला फुटेका छन्। कैयौंका पैतालामा फोका उठेका छन्। जसले गर्दा हिंड्न पनि मुश्किल भइरहेको उनीहरूले सुनाए।यसअघि पनि उनीहरू पैदल मार्च गर्दै काठमाडौं आएका थिए। त्यति वेला माग पूरा गर्ने प्रतिबद्धता गरेर सरकारले फिर्ता पठाएको थियो।

यस पटक भने उनीहरूलाई सिंहदरबार छेउछाउ पनि जान दिइएन। उनीहरू भृकुटीमण्डप पुगेर सुस्ताइरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार