कैलालीको विस्फोटवाला क्षेत्रमा भएको थियो माओवादी र सेनाको युद्ध

कैलाली : बुधबार भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका वडा नम्बर ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा विस्फोटक पदार्थ विस्फोट भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले सडक चौडा तथा मर्मतका लागि काम गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुदा चालक सहित चार जना घाईते भएको बताए ।

Dengue

प्रहरीका अनुसार घाइते हुनेमा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेका छन् ।

घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ । अन्य तीन जना घाईतेलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

बिष्फोटमा परी कैलाली चुरे गाँउपालिका ३ का ४५ वर्षीय बसन्त खडायतको टाउको र अनुहारमा चोट लागेको छ । सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अप्रेटर २२ वर्षीय हिरा थापा टाउको र अनुहारमा चोट लागेको छ । बिराटनगर घर भई हाल कञ्चनपुर बस्ने ३५ वर्षीय नबिन देबको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिष्फोटपछि घट्नास्थल प्रहरीले सिज गरेको छ । सवारी साधन आवतजावतमा रोक लगाएको छ । घट्ना लगत्तै नेपाली सेनाको बम डिष्पोजल टोली घट्नास्थल पठाईएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।

द्धन्दकालमा भासुक्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच भीषण लडाई भएको थियो । माओवादी तर्फ ठूलो क्षति भएको सो क्षेत्रमा तत्कालीन समयमा पनि थुप्रै एम्बुसहरु सेनाले निस्क्रिय पारेको थियो ।

बुधवार बिष्फोट भएको बिद्युतीय धराप द्धन्दकालकै भएको अनुमान गरिएको छ ।

भीमदत्त राजमार्गको मर्मत संभारको ठेक्का पाएका निर्माण व्यवसायी दिल राज जोशीको जेसीवीले सडक खन्ने क्रममा जमिन मुनी बिछ्याईएको द्धन्दकालीन एम्बुस बिष्फोट भएको प्रहरीले जनाएको छ ।

बिष्फोटपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक प्रेम कुमार शाहको कमाण्डमा पाँच जना प्रहरीको टोली घट्नास्थलमा पठाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार